सिरियामा इजरायली हवाई आक्रमणमा एक उच्च पदस्थ इरानी जर्नेल मारिए

इनेप्लिज २०८० पुष ९ गते २१:५४ मा प्रकाशित

इरानको सरकारी संचारघरले डमास्कसको छिमेकमा इजरायली हवाई आक्रमणमा एक उच्च पदस्थ इरानी जनरल ( जर्नेल)मारिएको बताएको छ। इजरायली हवाई आक्रमणमा परि सोमबार डमास्कसको छिमेकमा एक उच्च पदस्थ इरानी जर्नेल (प्रमुख सेनानी) मारिएका हुन् ।

सिरियाका लागि लामो समयका इरानी अर्धसैनिक क्रान्तिकारी रक्षा (रिभोलुसनरी गार्ड)का सल्लाहकार सेयद राजी मौसावीको मारिएका छन् । लेबनान-इजरायल सीमामा हिजबुल्लाह र इजरायल बीचको झडपहरू इजरायल-हमास युद्ध क्षेत्रीय रुपमा फैलने भय भै रहेको बेला यो घटना घटेको हो ।

इरान समर्थित समूहहरू यस महिनाको सुरुमा सिरियामा इजरायली आक्रमणमा दुई अन्य सेनापतिहरु मारिएका थिए।

इजरायलले सिया मुस्लिम धार्मिक स्थल नजिकै रहेको सैयदा जेनाब छिमेकमा आक्रमण गरेको इरानको आधिकारिक समाचार सँस्था (एजेन्सी)आईआरएनए र बेलायतमा रहेको विपक्षी युद्ध अनुगमन गर्ने सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स( सिरियाली हेरचाह मानव अधिकार सँस्था)ले जनाएको छ।

इरान र रुससँगै लेबनानी लडाकु समूहले सिरियाली द्वन्द्वमा राष्ट्रपति बसर असदको सरकारलाई सत्तामा राख्न महत्वपूर्ण सैन्य भूमिका खेलेको एबिसीन्यूजले जनाएको छ । इजरायलले हालैका वर्षहरूमा युद्धग्रस्त सिरियाको सरकारी नियन्त्रित भागहरूमा लक्ष्यहरूमा सयौं हमलाहरू गरेको छ।

इजरायलले सामान्यतया सिरियामा आफ्नो हवाई आक्रमणलाई स्वीकार गर्दैन।इजरायलले असदको सरकारलाई समर्थन गर्ने इरानी समर्थित समूहहरूलाई लक्षित गरिरहेको इजरायलले बताउदै आएको एबिसीन्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया