इजरायली रक्षा सेनाले थप ५ जना बन्धक इजरायलीको शव फेला पारेको जनाएको छ । साथै इजरायली रक्षा सेना(आईडीएफ)ले सुरुङ्गको संजाल (नेटवर्क अन्तर्जालको खुलासा समेत गरेको छ ।
इजरायव सेनाले (आईडीएफ) आइतवार भूमिगत नेटवर्क(संजाल) को बारेमा नयाँ जानकारी खुलासा गर्यो । सेनाले पाँच इजरायली बन्धकको शव फेला पारे पछि उक्त संजाल (नेटवर्क )भत्काइदिएको छ ।
संजाल हमासको उत्तरी गुल्मका सेनापतिको घरमा बसाइँमा जोडिएको आईडिएफले जनाएको छ । आईडीएफले अक्टोबर ७ नरसंहारको योजना र कार्यान्वयनमा प्रमुख भूमिकाको रूपमा पहिचान गरेको बताएको छ ।
आईडिएफको सूचना अनुसार हमासद्वारा प्रयोग गरेको भूमिगत संजाल (नेटवर्क) बिद्यालय र अस्पतालको मुनि पनि जोडिएको थियो । फेला पारिएका बन्धकहरुको शवहरुमा क्रमस जिभ ड्याबो, एडेन जकरिया, रोन शेरन, निक अर्जर तथा एलिया टोलेन्ड़ो भएको आईडिएफले जनाएको छ ।
प्रतिक्रिया