आधुनिक इतिहासमा बेइजिङमा सबैभन्दा लामो शीतलहरको अभिलेख (रेकर्ड )

इनेप्लिज २०८० पुष ८ गते २१:०४ मा प्रकाशित

बेइजिङले आधुनिक इतिहासमा सबैभन्दा लामो शीतलहर अभिलेख (रेकर्ड )गरेको छ ।

बेइजिङले सन् १९५१ देखि चीनको राजधानी र अन्य ठाउँमा अनुभव गरेको तापक्रम र हिमपात कम हुन थालेपछिको सबैभन्दा लामो शीतलहर अभिलेख (रेकर्ड) गरेको छ।

बेइजिङको नान्जियाओ मौसम केन्द्रमा अभिलेख (रेकर्ड) गरिएको तापक्रम दिनहरूमा पहिलो पटक आइतबार दिउँसो शून्य डिग्री सेल्सियसभन्दा माथि पुगेको राज्यद्वारा संचालित संचारगृह बेइजिङ डेलीले विवरण दिएको छ।

“डिसेम्बर ११ मा पहिलो पटक तापक्रम शून्य डिग्रीभन्दा तल झरेकोले, तापक्रम ३०० घण्टा भन्दा बढी समयसम्म त्यो रेखाभन्दा तल रहेको थियो,” बेइजिङ डेलीले उल्लेख गरेको छ ।

यस महिना चीनको अधिकांश भूभागमा कडा शीतलहर फैलियो । जियाओजुओ शहरमा शुक्रबार वानफाङ उर्जा कारखाना (पावर प्लान)मा काम नगरेपछि तापक्रम आंशिक रूपमा रोकिएको थियो। यो समस्या शनिबार समाधान भएको थियो भने आइतवार राति तातो पुन: सुरु हुने अपेक्षा गरिएको छ ।

राजधानी बेइजिङमा केही दिनअघि सुरु भएको चिसो मौसमले शहरको प्रणालीमा समस्या निम्त्याएको छ।

उत्तरपश्चिमी गान्सु प्रान्तमा यस महिना गएको विनाशकारी भूकम्पपछिको तीक्ष्ण तापक्रमले उद्धार कार्यमा पनि बाधा पुर्याएको थियो ।

प्रतिक्रिया