इजरायली सेनाले हमासलाई आर्थिक सहयोग गर्ने प्रख्यात संदिग्ध मारिएको जनाएको छ ।
हमासको सैन्य शाखालाई लाखौं डलर हस्तान्तरणमा संलग्न हमासको प्रख्यात आर्थिक सहयोगी भएको आरोपमा एक प्यालेस्टिनी व्यक्ति मारिएको इजरायली सेनाले मंगलबार घोषणा गरेको छ ।
सुभी फरवाना नामक व्यक्ति इजरायली लडाकू बिमानद्वारा गाजा भूभागकौ “रफाहको बीचमा लक्षित कारवाही” मा मारिएको इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्तिमा जनाएको छ ।
आक्रमणमा अरु कसैको पनि ज्यान गएको हो या हैन भन्ने बारे स्पष्ट नभएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया