गोविन्द गिरी प्रेरणाको “सुतेको समुद्र” कृतिको ४०औं वार्षिकोत्सव संस्करण

इनेप्लिज २०८० मंसिर २९ गते २२:५३ मा प्रकाशित

२९ मङ्सिर २०८०काठमाडौं

बहुविधाका साहित्यकार गोविन्द गिरी प्रेरणाको विसं २०४० सालमा प्रकाशित पहिलो कथासङ्ग्रह’सुतेको समुद्र’को ४०औं वार्षिकोत्सवसंस्करणको नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा विमोचन सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि प्राडा दयाराम श्रेष्ठ, कार्यक्रमका सभाध्यक्ष श्री ओम श्रेष्ठ रोदन, बक्ता कथाकार किशोर पहाडी तथा लेखक स्वयमले सामुहिक विमोचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि दयाराम श्रेष्ठले नाटकीय ढङ्गले कथाकार प्रेरणाको लेखन शैली,विषय वस्तु र रचनाकारिताको चर्चा गर्दै ३०को दशकदेखि लेखन कार्यमा सक्रिय रहेका आएका प्रेरणाले कथा ,कविता,नाटक,उपन्यास,जीवनी, नियात्रा विधामा समेत सशक्तरूपमा कलम चलाउँदै आएको बताए।

उनको भनाइमा नामले भन्दा काम र कृतिले चिनाउने हुँदा उनले गोविन्द गिरी प्रेरणालाई नामले भन्दा पनि उनका कृतिहरूबाट चिनेकोबताए।चालिस वर्ष अघि नै प्रकाशित भइसकेको उक्त कथा सङ्ग्रह चालिस वर्षपछि पनि उत्तिकै महत्त्वपूर्ण भएको बताउंदै यो दोस्रोसंस्करणलाई मानस पुत्र,औरस पुत्र वा छवि पुत्र जे नाम दिए पनि एउटा गहकिलो पुस्तक भएको तथा गोविन्द गिरी प्रेरणालाई अझैसशक्त कृतिहरू लेख्न शुभकामना दिएका थिए।

कार्यक्रममा कथाकार प्रेरणाका घनिष्ठ मित्रका रूपमा रहेका अर्का सशक्त कथाकार किशोर पहाडीले अहिले छापिएको पुस्तककोआवरण बनाउने कलाकार स्वर्गीय कवि जीवन आचार्यको संस्मरण गर्दै ३० को दशकदेखिका स्रष्टा मित्र गोविन्द गिरी प्रेरणाकोबहुआयामिक ब्यक्तित्वको चर्चा गरेका थिए। उनले गोविन्द गिरी प्रेरणा स्पष्ट वक्ता भए जस्तै स्पष्ट एवम् उर्जाशील लेखक समेतभएको र लेखाइमा इमानदार रहेको बताए।

कथाकार गोविन्द गिरी प्रेरणाले आफ्नो लेखन यात्रा बारे प्रकाश पार्दै स्व.जीवन आचार्यले तयार पारेको आवरणमा दोस्रो संस्करण छाप्नपाउँदा आफू ज्यादै भावुक भएको र स्रष्टा जीवन आचार्यप्रतिको संस्मरण ताजा रहेको बताए।

उनले हालसम्म १५७ वटा कथा लेखेर छापिएको बताए । विसं २०४० सालमा साझा प्रकाशनबाट प्रकाशित भएको पहिलो कथासङ्ग्रह’सुतेको समुद्र’चालिस वर्षपछि पनि पुनः साझा प्रकाशनबाट नै प्रकाशित हुँदा आफू ज्यादै हर्षित भएको भन्दै साझा प्रकाशनलाई हार्दिकधन्यवाद दिएका थिए।

सभापतिको आसनबाट बोल्दै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ले सामाजिक सञ्जालको समयमा लेखक तथाकविहरू प्रशस्त देखा पर्ने गरेको र छोटो अवधिमा चर्चामा आउन चाहने र चर्चा चुलिन नपाउँदै हराउँदै जाने गरेको यथार्थ औंल्याए भनेहरेक विधामा उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आएका गोविन्द गिरी प्रेरणाको चालिस वर्षपछि पनि संस्करण निस्कनु कुनैचानचुने कुरा नभएको बताए। उनले सुतेको समुद्र पुनः उठेको छ, उठेको समुद्रले निरन्तरता पाओस् भनेर शुभकामना दिए ।

कार्यक्रमको शुरूमा स्रष्टा समाज नेपालका उपाध्यक्ष चेतनाथ कणेल’हरित’ ले स्वागत मन्तव्य राखेका थिए तथा कार्यक्रमकोसञ्चालन मधु पाठकले गरेका थिए।

स्मरणीय छ, विगत २ दशकदेखि अमेरिकामा वसोवास गर्दै आएका कथाकार प्रेरणाका ६ कथा संग्रहसहित विविध विधाका २७ कृतिप्रकाशित छन्।

प्रतिक्रिया