इजरायलले गाजामा २० शव सहित १३२ बन्धकहरू रहेको दाबी गरेको छ ।
इजरायलले गाजामा १३२ बन्धकहरू छन् भन्ने विश्वास गरेको छ भने जसमध्ये ११२ जीवित र २० जना मृत रहेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले शुक्रबार सिएनएनलाई बताएको छ ।
इजरायलले मृत घोषित भएकाहरूलाई अझै पनि बन्धकहरू मान्दछ भनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
अपहरण गरिएका १३२ जनामध्ये ११३ पुरुष र १९ महिला रहेका छन् । प्रधानमन्त्रीको कार्यालयले रिहा वा बरामद भएका ११८ बन्धकहरूको बारेमा अद्यावधिक गरेको छ।
विज्ञप्तिअनुसार ११० जनालाई जीवितै रिहा गरिएको थियो, जसमध्ये ८६ इजरायली र २४ विदेशी थिए। अपहरणमा परेका मध्ये ८ जनाको मृत्यु भएको थियो र उनीहरुलाई आइडिएफ सिपाहीहरूले फेला पारेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
इजरायली सेनाले अक्टोबर ७ मा हमासको आक्रमणको क्रममा गाजामा अपहरण गरिएका २ सैनिकको शव फेला पारेको सेनाले शुक्रबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
बिहीबार दक्षिणी गाजामा भएको लडाईमा एक १९ वर्षीय इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले शुक्रबार जनाएको छ ।
अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा १८,६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया