ओम तृप्यन्ताम पुस्तकबारे अन्तरसंवाद

इनेप्लिज २०८० मंसिर २९ गते १०:४६ मा प्रकाशित

न्यू सृष्टि दैनिकका प्रधानसम्पादक एवं साहित्यकार शंकर खरेलद्वारा लिखित लघुकथासङ्ग्रह ओम तृप्यन्तामबारे काठमाडौंमा अन्तर सम्वाद कार्यक्रमको आयोजना गरिएकोे छ । काठमाडौंको अनामनगर स्थित निम्तो रेष्टुुरेन्टमा मंसिर २८ गते विहिबार भएको कार्यक्रममा विभिन्न विधाका साहित्यकारहरुको बाक्लो सहभागिता रहेकोे थियो । विराटनगरमा केही समय अघि लोकार्पण गरिएको पुस्तकको काठमाडौं संस्करणको रुपमा कार्यक्रम आयोजना गरिएको हो ।

लघुकथा समाज कोशीले आयोजना गरेको कार्यक्रममा काठमाडौंका साहित्यकारहरु बीच पुस्तकबारे अन्तर संवाद भएको समाजकी अध्यक्ष ममता मृदुलले बताईन् । पुस्तकबारे काठमाडौका साहित्यकारहरुले निकै चासो राखेकोले कार्यक्रम आयोजना गरिएको अध्यक्ष मृृदुलले बताईन् ।

कार्यक्रममा उपस्थित अतिथिहरुले लघुकथाको तारिफ गरेका कारण आफू निकै उत्साहित भएको पुुस्तकका लेखक शंकर खरेलले बताए । कार्यक्रममा साहित्यकार नवराज सिलवाल, विश्वराज पोखरेल, कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, पत्रकार अखण्ड भण्डारी, गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन, कलाकार दीपाश्री निरौला, कथाकार तुल्सीहरि कोईराला, वरिष्ठ समीक्षक अरुणबहादुुर खत्री ‘नदी’ लगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रममा सहभागी अतिथिहरुलाई खरेलद्वारा लिखित टिलो कथा सङ्ग्रह तथा ॐ तृप्यन्ताम लघुकथासङ्ग्रह निःशुल्क वितरण गरिएकोे थियो ।

प्रतिक्रिया