रुसी-अमेरिकी दोहोरो नागरिकलाई सेन्ट पिटर्सबर्गमा ‘नाजीवादको समर्थन गर्ने’ आरोपमा हिरासतमा लिइएको छ ।
रुसी-अमेरिकी नागरिक युरी मालेभलाई सेन्ट जर्ज रिबनको तस्बिर प्रकाशन गरेको आरोप लगाइएको छ ।
उनले सेनाप्रति “स्पष्ट अनादर” देखाएको आरोपमा हिरासतमा राखिएको सिएनएनले जनाएको छ । स्मोल्निन्स्की जिल्ला अदालतले शनिबार विज्ञप्तिमा सामाजिक संजालमा प्रकाशन गरेकाहरूमा उनले “नाजीवादको समर्थन” गरि रहेको जनाएको छ । अदालतले युरी मालेभले जुन ८ , २०२२ मा रूसी सामाजिक संजाल (नेटवर्क) ओड्नोक्लास्निकीमा “अश्लील भाषा” भएको शीर्षक (क्याप्शन)सहित रूसी सैन्य वीरता र महिमाको प्रतीक सेन्ट जर्ज रिबनको तस्बिर प्रकाशन गरेका थिए ।
यस वर्ष मे ८ मा रूसको विजय दिवसको केही समय अघि मालेभले अर्को तस्बिर प्रकाशन गरेका थिए ।
उक्त प्रकाशनमा “कसरी सेन्ट जर्जको रिबन ठीकसँग लगाउने” भन्ने निर्देशनसहितको शव देखाइएको थियो,” भनि आरोप अदालतले लगाएको छ ।
अदालतका अनुसार तस्बिरले समाज र सेनालाई “स्पष्ट अनादर” देखाएको आरोप सहित दोस्रो विश्वयुद्धका सहिद प्राप्त सेनाहरूको “स्मृतिको अपमान” हो भनेको छ ।
मालेभलाई डिसेम्बर ८ मा हिरासतमा राखेर अभियोग लगाइएको अदालतले जनाएको छ । अदालतले मालेभले “आंशिक रूपमा अपराध स्वीकार गरेको” र फेब्रुअरी ७ सम्म हिरासतमा रहने बताएको छ।
मालेभ र उनका बचाव पक्षका वकिलले अदालतको निर्णयमा आपत्ति जनाएका छन् र अन्य “निवारक उपायहरू” सुझाव दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार व्यक्तिको नाम नलिई “रूसमा अमेरिकी नागरिकलाई हिरासतमा राखेको खबरको बारेमा थाहा छ” भनेको छ । जब एक अमेरिकी नागरिक विदेशमा हिरासतमा हुन्छन्, “विभागले सबै उपयुक्त सहयोग उपलब्ध गराउन काम गर्दछ,” भनि बिभागले बताएको छ ।
धेरै अमेरिकी र दोहोरो नागरिक रुसमा हिरासतमा छन्। मालेभको गिरफ्तारी गत महिना देखा परेको हो भने अर्को रूसी-अमेरिकी दोहोरो नागरिकको हिरासत पछि भएको हो।
रेडियो फ्री युरोप/रेडियो लिबर्टी (RFE/RL) को टाटार-बाश्किर सेवाका लागि पत्रकार र सम्पादकको रूपमा कार्यरत अल्सु कुर्मशेभालाई विदेशी जासुसको रूपमा आरोप लगाइएको छ ।
उनको रोजगारदाताका अनुसार कुर्माशेभालाई रुसको कजान शहरमा जुन २ मा चेक गणतन्त्र फर्किने उडानको प्रतिक्षामा हिरासतमा लिइएको थियो । अत्यावश्यक पारिवारिक कारणले उनी मे २० मा रूस पुगेकी थिइन्।
रुसले वाल स्ट्रीट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई राज्य गोप्य कुराहरू प्राप्त गर्न खोजेको आरोपमा मार्चमा गिरफ्तार गरेको छ ।
प्रतिक्रिया