गाजामा थप ४ सैनिक मारिएका छन् : आइडीएफ

इनेप्लिज २०८० मंसिर २३ गते १८:५३ मा प्रकाशित

गाजामा थप ४ सैनिक मारिएको इजरायल रक्षा बल (आइडीएफ)ले जनाएको छ । अहिले गाजामा भिषण युद्ध जारी रहेको छ ।

इजरायली रक्षा बलका अनुसार गाजा भूभाग भित्रको लडाईमा थप चार सैनिक मारिएका छन्।

ती मध्ये एक माओर कोहेन आइसेनकोट सरकारी मन्त्री गाडी आइसेनकोटका भतिजा थिए । जसको छोरा गल गत बिहीबार उत्तरी गाजामा मारिएका थिए ।

१९ वर्षीय माओर कोहेन आइसेनकोट गोलानी गणका सिपाही थिए। उनको शुक्रबार हत्या भएको आइडिएफले जनाएको छ ।

मारिएका चारै सैनिक दक्षिणी गाजा भूभागमा लडिरहेका थिए। गाजा भूभा भित्र युद्धमा हालसम्म ९६ जना आईडिएफ सैनिकहरुको मृत्यु भएको सेनाले जनाएको छ ।

यता दक्षिणी गाजाको खान युनिस शहर र वरपर भीषण लडाइँको बीचमा इजरायल रक्षा बलले नागरिकहरूलाई धेरैजसो क्षेत्र छोड्न “अत्यावश्यक अपील” भनेको छ।

प्रतिक्रिया