पत्रकार गणेश पाण्डे र गायक कृष्ण कंडेललाई अमेरिकामा सम्मान

इनेप्लिज २०८० मंसिर २१ गते २२:४३ मा प्रकाशित

अमेरिका । अमेरिका भ्रमणमा रहनुभएका नेपालका चर्चित पत्रकार तथा प्रसिद्ध डकुमेन्ट्री को-हजबेण्डका निर्देशक गणेश पाण्डे, निर्मात्री शारदा गैरे तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक लोकदोहोरी गायक कृष्ण कँडेललाई अमेरिकामा सम्मान गरिएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित नेपालीहरूको सामुदायिक संस्था बाल्टिमोर एशोशियशन अफ नेप्लीज इन अमेरिका (बाना)ले आफ्नै कार्यालयमा कार्यक्रम गरी आज उहाँहरूलाई सम्मान गरिएको हो । नेपाल र नेपालीहरूको शिर उच्च हुने गरी काम गरेकाले उहाँहरूलाई सम्मान गरिएको बानाका अध्यक्ष सुबोधविकास पन्तले बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका तर्फबाट अमेरिकाको मेरिल्याण्ड राज्यका अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महतले उहाँहरूलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा प्रवासी नेपाली मञ्चका अमेरिका ईञ्चार्ज प्रभूराम थापा, एनआरएन अमेरिकाका पूर्ववरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ, बानाका उपाध्यक्ष भीम केसी, महासचिव सागर घिमिरे, लमजुङ समाजका पूर्वअध्यक्ष सशी थापा, लोकगायिका शान्ति भण्डारी, व्यबसायी महेन्द्र देसार लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया