दर्जनौं विदेशी नागरिकमध्ये ६० भन्दा बढी अमेरिकी नागरिक गाजा छोड्ने तयारीमा

इनेप्लिज २०८० मंसिर २१ गते १२:२६ मा प्रकाशित

दर्जनौं विदेशी नागरिकमध्ये ६० भन्दा बढी अमेरिकी नागरिक गाजा छोड्ने तयारीमा रहेको इजिप्टले जनाएको छ ।

इजिप्ट र गाजा बीचको रफाह सीमा नाका बिहीबार दर्जनौं विदेशी नागरिक र दोहोरो नागरिकहरू युद्धग्रस्त भूभागबाट बाहिर निस्कनका लागि खुला हुने इजिप्टका अधिकारीहरूले बताएका छन् ।

इजिप्टले प्रकाशित गरेको सूचीमा रोमानिया, बेलायत, युक्रेन र काजाकस्तानका नागरिकसँगै ६३ अमेरिकी नागरिक पनि छन्।

गाजा प्रवेश गर्न चाहने १३ जना संयुक्त राष्ट्रका कर्मचारीहरू पनि समावेश छन्। रफाह नाका इजरायलद्वारा नियन्त्रित नभएको गाजाको एक मात्र सीमाना हो।

प्रतिक्रिया