अमेरिका लगायत जी७ साझेदारहरूले इजरायलमा गाजा नाका खोल्न आह्वान गरेका छन् ।
संयुक्त राज्य अमेरिका र यसको ७ सहयोगीहरूको समूहले परोक्ष (भर्चुअल )बैठक पछि बुधबार साँझ जारी गरेको विज्ञप्तिमा मानवीय सहायताको स्थानान्तरणको लागि गाजाबाट इजरायलमा नाकाहरू खोल्न आह्वान गरेको छ।
“जनसंख्या बढ्दो जोखिममा छ, र जाडो नजिकिँदै गर्दा, हामीले गाजामा मानवीय सहायताको प्रवाह बढाउन जारी राख्नुपर्छ, जसमा थप नाकाहरू खोलेर पनि जमीनमा आवश्यकताहरू पूरा गर्न सकिन्छ,” जी७ नेताहरूले वक्तब्यमा बताए ।
इजिप्टमा रफाह नाका मात्र खुला छ, जबकि गाजा सीमा इजरायलमा अन्य सबै नाकाहरू बन्द गरिएको छ। ह्वाइट हाउसका अनुसार हमासले आफ्ना सबैमहिला बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरेकोमा गहिरो खेद व्यक्त गरेको र सैन्य कारबाहीहरू फेरि सुरु गरेको जनाएको छ ।
“हमासले प्यालेस्टिनी जनतालाई पीडा बाहेक अरू केही प्रदान गर्दैन, र यो उनीहरूको र यस क्षेत्रको लागि राम्रो भविष्यको लागि बाधक हो। हामी हमासलाई एक्लो पार्न र इजरायललाई धम्की दिन नसक्ने सुनिश्चित गर्नका लागि हाम्रा प्रयासहरूलाई समन्वय गर्न जारी राख्नेछौं,” जी७ नेताहरूले उक्त बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया