अमेरिकी रिपब्लिकनका सिनेटहरुद्वारा युक्रेन सहायतालाई तत्काल स्वीकृत गर्न बाइडेनको आह्वानलाई अस्वीकार गरेका छन् । उनीहरूले सीमा नीतिको मागलाई लिएर मुख्य प्रक्रियागत मतदानलाई अवरुद्ध गरे।
राष्ट्रपति जो बाइडेनले बुधवार युक्रेनलाई तुरुन्तै रोकिएको सहायता संपुष्टि (प्याकेज) स्वीकृत गर्न कांग्रेसलाई आह्वान गरेको केही घण्टा पछि, रिपब्लिकनहरूले अमेरिकी सीमा सुरक्षालाई बलियो बनाउन नयाँ प्रतिबन्धहरूको मागमा मुख्य सिनेट प्रक्रियागत मतदानलाई रोके।
बाइडेनले युक्रेनका लागि ६१ अर्ब डलरको थप अनुदानको लागि आफ्नो अनुरोध पारित गर्नका लागि कांग्रेसले लामो समय लिएको कुरालाई “आश्चर्यजनक” भने। थप कोषहरू अनुमोदन नगरिए के हुन सक्छ भन्दै बाइडेनले कडा चेतावनी दिए ।
ह्वाइट हाउसबाट बोल्दै बाइडेनले भने, “कङ्ग्रेसले संयुक्त राज्य अमेरिका र हाम्रा साझेदारहरूको राष्ट्रिय सुरक्षा आवश्यकताहरूलाई समर्थन गर्नुपर्दछ।”
उक्त रकमको निकासीको लागि कम्तिमा मत ६० मत चाहिने हुन्छ । मतदान असफल भएको छ । हुन्छ भन्ने पक्षमा ४९ र हुदैन भन्ने पक्षमा ५१ परे पछि अगाडी बढ्न सकेन । सिनेट बहुमत नेता चक शूमरले यसलाई हाम्रो देशको इतिहासमा दुखद राती भनि टिप्पणी गरे।
प्रतिक्रिया