अक्टोबर ७ मा इजरायल र हमासबीचको युद्ध सुरु भएयता कम्तीमा ६१ पत्रकार र सञ्चारकर्मी मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपीजे) ले शुक्रबार जनाएको छ।
सिपिजेले ५४ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानी पत्रकार मारिएको समूहको वक्तब्यमा बताएको छ।
पत्रकारिता वकालत गर्ने समूहले पछिल्लो इजरायल-गाजा द्वन्द्व “सीपीजेले सन् १९९२ मा तथ्याङ्क सङ्कलन गर्न थालेदेखि पत्रकारहरूका लागि सबैभन्दा घातक महिना भएको” बताएको छ।
टर्की समाचार एजेन्सी(संस्था) अनादोलुका लागि काम गर्ने स्वतन्त्र पत्रकार मोन्टासेर अल-सवाफ इजरायली हमलामा मारिएका छन् भने उनि उक्त संस्थाका सदस्य रहेका थिए ।
प्रतिक्रिया