नोभेम्बर २७ सोमबारका दिन रिहा भएका सबै ११ इजरायली बन्धकहरू तेल अवीव स्थित सौरास्की मेडिकल सेन्टर अर्थात् अस्पताल आइपुगेका छन्। इजरायलको सबैभन्दा ठूलो र राम्रो मध्ये कै एक अस्पतालमा ल्याईएको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ ।
समूहमा नौ बालबालिका र दुई महिला रहेका छन् । बन्धकहरूका परिवारहरू अस्पतालमा करिब ५२ दिनमा पहिलो पटक पुनर्मिलनको लागि पर्खिरहेका छन्, स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
चिकित्सा टोली र अस्पतालका अन्य पेशेवरहरू चिकित्सा वा मनोवैज्ञानिकहरुले हेरचाह प्रदान गर्न त्यहाँ उनीहरुलाई ल्याईएको मन्त्रालयले जनाएको छ ।
“हामी तपाईहरुलाई सम्झाउन चाहन्छौं कि यी मुक्त बन्धकहरू र तिनीहरूका परिवारहरूका लागि संवेदनशील क्षणहरू हुन् र हामी तिनीहरूको गोपनीयता जोगाउन चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ। “सम्पूर्ण स्वास्थ्य प्रणाली इजरायल फर्किने जो कोहीलाई पनि प्राप्त गर्न तयार छ र भोलिको लागि तयारी गर्दैछ।”
यसै गरि ३३ जना प्यालेस्टाइनीहरूलाई सोमबार इजरायली कारागारबाट रिहा गरिएको कारागार सेवाले जनाएको छ । सेवाका अनुसार उनीहरूलाई डेमोन, मेगिद्दो, ओफर, कत्जियोट, रामोन र नाफाका कारागारहरूबाट रिहा गरिएको थियो।
सोमबार रिहा भएका ११ इजरायली बन्धकहरुमा दोहोरो नागरिकता रहेको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले सोमबार बताए। “गाजाबाट रिहा भएका इजरायलीहरूमा ३ फ्रान्सेली नागरिक, २ जर्मन नागरिक र ६ अर्जेन्टिनी नागरिकलाई आईसीआरसीलाई हस्तान्तरण गरिएको छ,” उनले सामाजिक संजालमा प्रकाशन गरे ।
इजरायली कारागारबाट रिहा हुनेमा ३० नाबालिग र ३ महिला रहेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले तीन इजरायली-फ्रान्सेली नागरिकहरूलाई सोमबार रिहा गरिएको पुष्टि गरे ।
यता अमेरिकी विदेश सचिव ले यसै साता इजरायल र मध्यपूर्वका अन्य ठाउँको भ्रमण गर्नेछन् । यस हप्ता नेटो मुख्यालयको अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनको यात्राले मध्य पूर्वमा थप अन्य क्षेत्रहरुमा समेत पस्नेछन् ।
“ब्रसेल्स पछि, सचिव ब्लिन्केन यस हप्ता स्कोप्जे, इजरायल, पश्चिम किनारा (वेस्ट बैंक) र दुबईको यात्रा गर्नेछन्,” विदेश विभागका एक वरिष्ठ अधिकारीले सिएनएनलाई भने।
ती बैठकहरूमा ब्लिन्केनले “गाजामा मानवीय सहायताको बढ्दो प्रवाहलाई निरन्तरता दिन, सबै बन्धकहरूको रिहाइ सुरक्षित गर्न र गाजाका नागरिकहरूको सुरक्षामा सुधार गर्ने आवश्यकतामा जोड दिनेछ,” अधिकारीले भने।
ब्लिन्केनले “गाजाको भविष्य र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना गर्ने आवश्यकता” बारे नेताहरूसँग पनि कुरा गर्नेछन्, अधिकारीले भने ।
प्रतिक्रिया