केन्टकीमा रचनावाचन कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० मंसिर १२ गते ०:०५ मा प्रकाशित

केन्टकी राज्यको लेक्जिड्टन शहरमा केन्टकी साहित्य परिवारको आयोजनामा साहित्य कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी जयन्तिको सन्दर्भ पारेर कार्यक्रम गरिएको थियो । केन्टकी साहित्य परिवारले स्वस्फुर्त नेपाली साहित्य मन पराउने साहित्य प्रेमीहरुको जागरुकताले संगठित साहित्य अनुरागीहरुको समूह हो यस समूहले पहिलो कार्यक्रम लुभिलमा गरेको थियो । त्यसै अनुसार यो दोश्रो श्रृंखला हो । कार्यक्रमको सभापति श्री डमरु पौडेलले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिमा राजेन्द्र खतिवडा तथा विशेष अतिथिमा शिव दाहाल रहनु भएको थियो । कार्यक्रम अर्जुन थापा र किशोर सुवेदीले संचालन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिले दिप बालेर कार्यक्रम उदघाटन गर्नु भएको थियो र उक्त कार्यको लागि कार्यक्रमका सभापति डमरु पौडेल र साहित्य अनुरागी बद्री दाहालले सहयोग गर्नु भएको थियो । कार्यक्रमका सभापतिले उपस्थितहरुलाई स्वागत गर्दै महाकवि लक्ष्मी प्रसाद देवकोटाको बारे चर्चा गर्नु भएको थियो । त्यसैगरी कवि शिव दाहालले नेपाली कविता लेखनका विषयमा चर्चा गर्दै आफ्नो रचना सुनाउनु भएको थियो । अन्य सर्जकहरुमा राम आचार्य , खेम रेग्मी ,बद्नी दाहाल, जिवन निरौला, सन्त कुँवर ,किशोर सुवेदी ,चलचित्र निर्माता एवं संचारकर्मी जय प्रकाश रिजाल , अर्जुन थापा , पोम खरेल, प्रेम वसेल, गोपाल कडेल, तथा अन्य सर्जकहरुले रचना वाचन गर्नु भएको थियो । गायक गुन्जय सापकोटाले लक्ष्मी प्रसाद देवकोटाको यात्री कविता गाउनु भएको थियो ।

कार्यक्रम साहित्यमय वनेको थियो । कार्यक्रमका प्रमुख अतिथि ईन्जिनियर राजेन्द्र खतिवडाले नेपाली मात्र नभै अन्य भाषामा कलम चलाउनेहरुलाई पनि समेट्दै जानुपर्ने बिषयमा जोड दिनु भयो । यस्तै साहित्यिक कार्यक्रमका अन्य श्रृखलामा अझ धेरै स्रष्टालाई जोड्दै जाने कुरामा सबैले जोड दिनु भयो । उपस्थित सबै कार्यक्रममा शान्त मुद्रामा रचना श्रवण गर्नु भएको र अन्य श्रृखलाहरु पर्खाईमा रहेको समेत जानकारी गराउनु भयो ।

प्रतिक्रिया