हमासले इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पन थालेको एक हमास स्रोत र एक इजरायली स्रोतले शनिबार सिएनएनलाई बताएका छन् ।
इजरायल रक्षा बलका अन्तर्राष्ट्रिय प्रवक्ता रिचर्ड हेचका अनुसार हमास र इजरायल बीचको युद्धविरामको एक भागको रूपमा हमासले आज १३ बन्धकहरूलाई रिहा गर्ने अपेक्षा रहेको बताए ।
३ बन्धकहरूको सट्टामा ३९ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गरिने बताए ।
चार दिनको मानवीय युद्ध विराम समाप्त भएपछि कारवाही जारी रहने बताए । हामीले हमासलाई ध्वस्त नगरेसम्म र हाम्रा सबै मानिसहरूघर नपुगेसम्म कारवाही गरिने बताए ।
इजरायल र अमेरिकी अधिकारीहरूका अनुसार हमासद्वारा रिहा गरिने बन्धकहरूको दोस्रो समूह गाजामा प्रवेश गर्ने सहायता रकमको बारेमा विवादको कारण शनिबार ढिलाइ भएको थियो।
हमासले स्थानान्तरणलाई सहजीकरण गर्नु अघि राहत सामग्रीहरु लिएर आएका मालबाहक गाडीहरुको प्रतिक्षामा रहेकोले बन्दी रिहा ढिलो भएको सिएनएनले जनाएको छ।
एक इजिप्टका अधिकारीका अनुसार ३४ सहायता भारबाहक सवारी साधनहरू इजिप्टको तर्फबाट नाका प्रवेश गरे, तर गाजा पक्षमा पुग्न नसकेको बताए । रफाह सीमा पार गर्ने एक प्रवक्ताले १३३ वटा सवारी साधन गाजा प्रवेश गरेको सिएनएनलाई भने ।
प्रतिक्रिया