१४ इजरायली बन्धकहरूलाई शनिबार रिहा गरिने 

इनेप्लिज २०८० मंसिर ९ गते १३:२३ मा प्रकाशित

१४ इजरायली बन्धकहरू शनिबार रिहा हुने इजरायललाई हस्तान्तरण गरिएको नामहरूको सूचीसँग परिचित एक इजरायली अधिकारीले सिएनएनलाई बताएका छन ।

त्यस्तै गरि ४२ जना प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरिने भएको छ । इजरायल र हमास बीचको युद्धविराम सम्झौतामा प्रत्येक इजरायली बन्धकलाई मुक्त गर्ने र ३ प्यालेस्टाइनी कैदीहरूलाई आदानप्रदान गर्ने सिएनएनले समाचारमा जनाएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले हाल अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणपछि गाजामा २१३ व्यक्तिलाई बन्धक बनाएको विश्वास गरेको छ।

गाजामा युद्धलाई अस्थायी रूपमा रोक्ने सम्झौताको बीचमा गत शुक्रबार बन्धकहरूको पहिलो समूहलाई रिहा गरेपछि यो पछिल्लो खवर आएको हो।

प्रतिक्रिया