रिहा गरिएका ११ जना विदेशी नागरिकलाई इजरायली मेडिकल सेन्टर(अस्पताल)मा सारिएको विदेश मन्त्रालयले जनाएको छ ।
इजरायली विदेश मन्त्रालयका अनुसार हमासद्वारा गाजामा रिहा गरिएका ११ जना विदेशी नागरिकहरू मध्ये १० पुरुष र १ महिला शामीर-असाफ हारोफेह अस्पतालमा रात बिताइरहेका छन्।
चिकित्सा केन्द्र इजरायली शहर बियर याकोभ ,तेल अवीवको दक्षिणपूर्वमा अवस्थित छ। १० थाई नागरिक र एक फिलिपिन्सका नागरिकको स्वास्थ्य जाँच पूरा नभएसम्म अस्पतालमै रहने मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।
“प्रारम्भिक परीक्षणले [मुक्त गरिएका बन्धकहरू] राम्रो देखिन्छ,” चिकित्सा केन्द्रका महानिर्देशक चिकित्सक ओस्नाट लेभट्जियन कोराचले एक अङ्कियदृश्य (भिडियो)को वक्तब्यमा भने।
“उनीहरू कतै सुरक्षित भएकोमा धेरै खुसी छन् र उपचार र ध्यानको लागि आभारी छन्,” उनले भने । “हामी यस प्रयासमा भाग लिन पाउँदा धेरै खुसी र गर्व गर्छौं,” चिकित्सकले भने।
प्रतिक्रिया