मेक्सिकोको एक हिंसात्मक शहरमा ३ पत्रकार र २ जना आफन्त अपहरणमा

इनेप्लिज २०८० मंसिर ८ गते ११:५९ मा प्रकाशित

दक्षिणी मेक्सिकोको एक हिंसात्मक शहरमा ३ पत्रकार र २ जना आफन्त अपहरणमा परेका छन् ।

अभियोजकहरूले हिंसाग्रस्त दक्षिणी राज्य गुरेरोमा तीन पत्रकार र उनीहरूका दुई आफन्तहरूलाई सशस्त्र व्यक्तिहरूले अपहरण गरेको बताएका छन्।

दक्षिणी गुरेरो राज्यको अभियोजक कार्यालयका अनुसार सबै पाँच व्यक्तिलाई आइतबार र बुधबारको बीचमा पर्यटकहरू आउने औपनिवेशिक शहर ट्याक्सकोमा अपहरण गरिएको छ ।

आइतबार एक पत्रकारका आफ्नी श्रीमती र वयस्क छोरासहित अपहरणमा परेका थिए भने बुधवार पत्रकारहरूको श्रीमान्-श्रीमतीको टोली अपहरणमा परेको थियो।

प्रेस स्वतन्त्रता समूहका अनुसार टोलेडो, उनकी श्रीमती र छोरालाई आइतबार कम्तिमा पाँच हतियारधारी व्यक्तिले घरबाट निकालेको बताएको छ।

समूहले अपहरणमा परेका पत्रकार दम्पतीको पहिचान गरेको छ भने उनीहरुको नाम सिल्भिया नायसा आर्से र अल्बर्टो सान्चेज भएको जनाएको छ ।

मेक्सिको शहर (सिटी)बाट करिब ११० माइल (१८० किलोमिटर) दक्षिणमा रहेको ट्याक्सकोमा हिंसात्मक ला फेमिलिया मिचोआकाना गिरोह र ट्लाकोस गिरोह सक्रिय रहेको बताइएको छ।

गत हप्ता, मेक्सिकोको सीमावर्ती शहर सिउडाड जुआरेजमा एउटा पत्रिकारका छायाचित्रकार (फोटोग्राफर)लाई उनको सवारी साधन ( कार)मा गोली हानेर हत्या गरिएको थियो। सन् २०२३ मा मेक्सिकोमा पत्रकार मारिएको उनको मृत्यु पाँचौं घटना हो।

विगत पाँच वर्षमा मात्रै कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले मेक्सिकोमा कम्तीमा ५४ पत्रकारको हत्याको अभिलेख राखेको एबिसी समाचारले उल्लेख गरेको छ ।

प्रतिक्रिया