गाजाका ३५ अस्पतालमध्ये २६ वटा बमबारीबाट भएको क्षति तथा इन्धनको अभावका कारण बन्द भएका छन् ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शुक्रबार हमास नियन्त्रित भूभाग चिकित्सा स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
७२ वटा प्राथमिक स्वास्थ्य सेवा उपचारकक्षहरु मध्ये ५२ वटालाई पनि बन्द गर्न बाध्य पारिएको छ भनि सिएनएनले जनाएको छ ।
गाजा शहरको अल-शिफा अस्पतालमा स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो छ दिनमा गाजाको सबैभन्दा ठूलो अस्पतालमा ३ वटा समय अघि नै जन्मिएका शिशुहरु सहित ४० भन्दा बढी बिरामीको मृत्यु भएको छ ।
प्रतिक्रिया