कम्तिमा २५० विदेशी नागरिक र २ घाइते प्यालेस्टाइनीहरू रफा नाका हुदै इजिप्ट पुगेको सिएनएनले जनाएको छ ।
शुक्रबार रफाह नाका गाजा छोडेर २५० विदेशी नागरिक इजिप्ट आइपुगेको सीमा अधिकारीले बताए ।
अधिकारीका अनुसार दुई घाइते प्यालेस्टाइनीहरूलाई पनि इजिप्टमा प्रवेश दिइएको छ ।
इजिप्टका सीमा अधिकारीका अनुसार २० भन्दा बढी राहत सहायता मालबाहक गाडी ( ट्रक)हरु गाजा भूभागमा प्रवेश गरेका छन ।
खाद्यान्न, पानी, चिकित्सा लगायतका अत्यावश्यक सामग्री बोकेका गाडीहरु प्रवेश गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया