बन्धक बनाईएकी ६५ बर्षिय इजरायली महिला येहुदित वेइसको शव अल-शिफा अस्पताल नजिकै फेला परे पछि अर्की १९ वर्षीय नोआ मार्सियानोको शव पनि फेला परेको इजरायली सेनाले जनाएको छ ।
दोस्रो इजरायली महिला बन्धकको शव गाजा शहरको अल-शिफा अस्पताल नजिकैको संरचनाबाट निकालिएको इजरायली सेनाले शुक्रबार बिहान बताए ।
इजरायल रक्षा बल (आईडीएफ) मा कार्यरत १९ वर्षीय नोआ मार्सियानोको शव इजरायलको भूभागमा सारिएको एक विज्ञप्तिमा उल्लेख छ।
मार्सियानो इजरायली हवाई हमलामा मारिएको दाबी गरेको हमासको अङ्कियदृश्य (भिडियो )सार्वजनिक भएको केही दिनपछि इजरायल रक्षा बलले उनको शव फेला पारेको हो ।
एक सैन्य प्रवक्ताले मृत्युको कारणबारे विवरण नदिई हमासले वेइसको हत्या गरेको बताए।
६५ बर्षिय वेइस किबुट्ज बेइरीका बासिन्दा थिइन् र उनलाई हमासका लडाकुहरूले अक्टोबर ७ मा अपहरण गरेका थिए। उनका पति शमुएल पनि मारिएका मध्ये एक थिइन् ।
दुवै महिलाको शव सँगै फेला परेको हो या हैन भन्ने सिएनएनले थाहा नभएको जनाएको छ । उनीहरुको मृत्युको वास्तविक अवस्था थाहा नभएको समेत समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया