पुन स्मरणका लागि सूचना -हार्दिक आमन्त्रण

इनेप्लिज २०८० मंसिर १ गते २:३३ मा प्रकाशित

अनेसास केन्द्रीय कार्य समिति एवं विओटीको आयोजनामा ११५ औं देवकोटा जयन्ती तथा पुरस्कार समर्पण समारोह Wyndham Garden Hotel मनासस भर्जिनियामा मिति १९ नोभेम्बर २०२३ आइतबारका दिन सम्पन्न हुन गइरहेको छ । उक्त कार्यक्रमको पूर्व सन्ध्यामा हुने कार्यक्रम तथा यस कार्यक्रममा समेत उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं । उक्त समारोहमा प्रमुख अतिथिको रूपमा पाल्नु हुने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भुपाल राई एवं अन्य अतिथि महानुभावहरूलाई अनेसास डीसी मेट्रो च्याप्टर द्वारा उल्लेखित मिति, स्थान र समयमा स्वागत, सम्मान तथा काव्य वाचन कार्यक्रमको आयोजना गरिएको हुँदा डीसी मेट्रो च्याप्टरमा रहनु हुने सम्पूर्ण साहित्यकारहरू, आजीवन सदस्यज्यूहरू तथा साहित्यानुरागी विशेष काव्य सन्ध्या हुने भएकोले यहॉहरूको गरिमामय उपस्थितीका लागि अनेसास डीसी मेट्रो च्याप्टर परिवार हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम
————
मिति :~ १७ नोभेम्बर २०२३ शुक्रवार
समय :~ सॉझ ७.०० – ९.०० बजेसम्म
स्थान :~ 10312 Willard Way Fairfax,VA 22030
तन्दुरि नाइट ( रेष्टुरेन्ट )
नोट :~ साथमा आफ्नो सिर्जना सहित उपस्थितिका लागि अनुरोध छ ।

प्रतिक्रिया