नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपती भूपाल राईले अमेरिकामा रू. १५ लाख बराबरको पुरस्कार बितरण गर्ने

इनेप्लिज २०८० मंसिर १ गते १:२४ मा प्रकाशित

ईनेप्लीज
१६ नोभेम्बर २०२३

वाशिंगटन डिसी – यही नोभेम्बर १९ तारिख आईतबारका दिन नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपती भूपाल राईले अमेरिकामा रू. १५ लाख बराबरको साहित्यिक पुरस्कारहरू बितरण गर्दैछन् ।

अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको मनासस शहर स्थित वाएन्दम् होटलमा आईतबार हुन गईरहेको समारोहमा ११ जना सर्बोकृस्ट ब्यक्तित्वहरूलाई कुलपतीको हातबाट रू. १५ लाख बराबरको साहित्यिक पुरूस्कारहरू बितरण गर्ने कार्यक्रम रहेको आयोजक संस्था अन्तरास्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ् ट्रस्टीका अध्यक्ष पदम बिश्वकर्माले कोलोराडो देखि जानाकारी गराए ।

कार्यक्रमको संयोजनमा अहोरात्र खटिरहेका आयोजक संस्थाको बोर्ड अफ् ट्रस्टीका सचिब प्रकास नेपालले डिसी मेट्रो क्षेत्रका इच्छुक सबैलाई कार्यक्रममा उपस्थितीको लागी यसै सूचनाबाट निमन्त्रणा गरेका छन् ।

प्रज्ञा प्रतिस्ठानका प्राज्ञ बाबा बस्नेत र कुलपती राई कार्यक्रम हुनु अघि नै अमेरिका आईपुगेकाले – खेम भट्टचन , कबिन्द्र सिटौला लगायतको टोलीले उहॉहरूलाई डिसी , भर्जिनिया , म्यारिल्यॉण्ड घुमाई रहेका छन् ।

यसै सन्धर्भमा : म्यारिल्यॉण्ड राज्यको ईण्डियन हेड नगरपालिकाका उप-मेयर किरण सिटौलाले कुलपती राईलाई बिहीबार आफ्नो नगरपालिकामा स्वागत गर्दै पोटोम्याक नदीको किनार घुमाई दिए ।

प्रतिक्रिया