प्रज्ञा प्रतिस्ठानका कुलपति भूपाल राई अमेरिका आईपूगे

इनेप्लिज २०८० कार्तिक २९ गते १९:४८ मा प्रकाशित

ईनेप्लीज

१५ नोभेम्बर २०२३

नेपाली भाषा , साहित्यको एक बिशिस्ट कार्यक्रममा प्रमुख अतिथीको रूपमा सहभागी हुनको लागी प्रज्ञा प्रतिस्ठानका कुलपति भूपाल राई वाशिंगटन डिसी आईपूगेका छन् ।

अन्तरास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही नोभेम्बर १९ तारिख आईतबार भर्जिनियाको मनासस शहर स्थित वाएन्दम होटलमा कुलपति राईले करिब रू. पन्ध्र लाख जतीको पुरूस्कार बितरण गर्दैछन् ।

कथा , कविता , निबन्ध , उपन्यास जस्ता नेपाली भाषा साहित्यका प्रकाशनहरू र नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गरेका सर्बोकृस्ट ११ ब्यक्तित्वहरूलाई नेपाली रू. पन्ध्र लाख जतीको ११ वटा सर्बोकृस्ट पुरूस्कारहरू कुलपती राईको हातबाट बितरण गरिने कार्यक्रम रहेको आयोजक संस्था अन्तरास्ट्रिय नेपाली साहित्य समाज – बोर्ड अफ् ट्रस्टीका अध्यक्ष पदम बिश्वकर्माले कोलोराडोबाट जानकारी गराए ।

आयोजक संस्थाको बोर्ड अफ् ट्रस्टीका सचिब प्रकाश नेपालले कुलपती राईलाई वाशिंगटन डिसीको अन्तरास्ट्रिय बिमानस्थल डुल्लास एअरपोर्टमा स्वागत गर्दै नोभेम्बर १९ तारिख आईतबार भर्जिनियाको मनासस स्थित वाएन्दम होटलमा हुन गईरहेको यस समारोहमा इच्छुक सबैलाई उपस्थितीको लागी निमन्त्रणा गरे ।

प्रज्ञा प्रतिस्ठानका प्राज्ञ बाबा बस्नेत पनि कुलपती राई संगै नेपाल देखि आईपुगेकी छिन् ।

न्युह् याम्पसाएर राज्य देखि सुरेश चाम्लिंग राईले भने – कुलपती भूपाल राईलाई डल्लास ईन्टरनेशनल एअरपोर्टमा स्वागत गर्न पूगेका खेम भट्टचनले भनेर मात्रै पो थाहा पायौं ।

किरॉत राई अर्गनाईजेसन अफ् अमेरिकाका कार्यकर्ताहरूको सकृयतामा अमेरिकाको बिभिन्न राज्यहरूमा कुलपती भूपाल राईलाई स्वागत तथा भेटघाटको कार्यक्रमहरू राखिने छ — सुरेश चाम्लिंगले जानकारी गराए ।

प्रतिक्रिया