अमेरिकाको युनाइटेड एयरलाइन्स (बिमानसेवा)मा धम्की आएको कारण लस एन्जलसबाट क्यानडाको भ्यानकुभर उडेको बिमान सान फ्रान्सिस्को विमानस्थलमा अवतरण गरिएको सिबिएस न्यूजले जनाएको छ ।
युनाइटेड विमानसेवाको उडान “सम्भावित सुरक्षा समस्या” को कारण सान फ्रान्सिस्को विमानस्थलमा मोडिएको छ ।
“सम्भावित सुरक्षा समस्या” को कारणले गत सोमबार साँझ युनाइटेड एयरलाइन्सको उडानलाई सान फ्रान्सिस्कोतर्फ मोडिएको युनाइटेडका प्रवक्ताले भने।
उक्त बिमानको गन्तव्य मूल रूपमा क्यानडाको भ्यानकुभर थियो । र उक्त बिमान लस एन्जलसबाट छुटेको थियो। राती ९:३० बजेतिर सुरक्षित रूपमा सान फ्रान्सिस्कोमा अवतरण भएको त्यहाँ कार्यरत प्रबन्धकले बताए ।
“उडान सुरक्षित रूपमा अवतरण गरियो , हामी हाम्रा यात्रीहरूलाई सकेसम्म चाँडो अन्तिम गन्तव्यमा पुर्याउने काम गरिरहेका छौं,” युनाइटेडले बिज्ञप्तिमा उल्लेख गरेको छ ।
उत्तरी क्यालिफोर्नियामा उडिरहेको बेला विमान भित्रबाट धम्की आएको अधिकारीहरूले बताएका थिए । धम्कीलाई विश्वसनीय नभएको भन्दै घटना टुंगिएको प्रवन्धकले बताए ।
युनाइटेडका अनुसार जहाजमा ८ चालक दलका सदस्यसहित १४८ यात्रु थिए।
प्रतिक्रिया