म्यानमार र भियतनामका आप्रवासीलाई दक्षिण सुडान निष्कासन ? अमेरिकामा कानुनी चुनौती

इनेप्लिज २०८२ जेठ ८ गते ११:२१ मा प्रकाशित

अमेरिकाका आप्रवासन वकिलहरूले म्यानमार र भियतनाम जस्ता देशका आप्रवासीहरूलाई दक्षिण सुडान पठाइएको आरोप लगाएका छन् । जुन राष्ट्रहरु गृहयुद्ध, हिंसा र राजनीतिक अस्थिरताले ग्रस्त अफ्रिकी राष्ट्र हो।

म्यासाचुसेट्सस्थित संघीय अदालतमा दर्ता गरिएको आपतकालीन निवेदनमा भनिएको छ ,यस्तो निष्कासन संघीय न्यायाधीश ब्रायन मर्फीको अघिल्लो आदेशको उल्लंघन हो। उक्त आदेशले कुनै पनि आप्रवासीलाई तेस्रो देशमा पठाउनु अघि उचित कानुनी प्रक्रिया सुनिश्चित गर्नुपर्ने स्पष्ट रुपमा भनेको थियो।

वकिलहरूले दक्षिण सुडानमा पठाइएका आप्रवासीहरू ‘गम्भीर, अपूरणीय क्षति’ को जोखिममा छन् किनभने उक्त देशमा व्यापक हिंसा र मानवअधिकार उल्लंघन भइरहेको छ। अमेरिकी सरकार आफैंले दक्षिण सुडानमा यात्रा नगर्न चेतावनी दिएको छ।

न्यायाधीश मर्फीले गत मंगलबार राति आदेश जारी गर्दै सरकारले यदि उनीहरूलाई तेस्रो देशमा पठाइसकेको छैन भने उनीहरूलाई नियन्त्रणमा राख्नुपर्ने र यदि पठाइएको भए उनीहरूलाई फिर्ता ल्याउने व्यवस्था गर्नुपर्ने आदेश दिइएका छन् ।

सरकारले अझै सार्वजनिक रुपमा स्वीकार गरेको छैन । सरकारले तेस्रो देशका आप्रवासीहरूलाई दक्षिण सुडान पठाइएको बारे प्रतिक्रिया नदिएको सिबिएसन्यूजले जनाएको छ । तर टेक्ससको लस फ्रेन्सोस डिटेन्सन सेन्टर (कारागार)मा थुनिएका दुई आप्रवासी एक म्यानमार र एक भियतनाम आप्रवासीलाई त्यही पठाइएको बिधुतिय डाक (इमेल )प्रमाणहरू वकिलहरूले अदालतमा पेस गरेका छन्।

यो घटनाले तेस्रो देशमा आप्रवासी निष्कासन सम्बन्धी ट्रम्प प्रशासनको रणनीति र कानुनी वैधतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया