अमेरिकाको लुजियाना राज्यको न्यू अर्लियन्सको कारागारबाट भागेका १० कैदीहरूमध्ये पाँचौं कैदी कोरी बोयड (१९) पक्राउ परेका छन्।
उनले २०२४ मा कार चोरीको क्रममा ब्रान्डन फिसको हत्या गरेको आरोप छ। बोयडलाई शुक्रबार फ्रेन्च क्वार्टरमा देखिएको केही घण्टापछि समातिएको हो।
लुजियाना राज्य प्रहरीका अनुसार उनलाई अब सुरक्षित राज्य कारागारमा लगेर “सिंपल एस्केप” (साधारण भगाइ) आरोपमा मुद्दा दर्ता गरिनेछ।
बोयडमाथि दोस्रो दर्जाको हत्या, हत्या प्रयास, गम्भीर आक्रमण, र सार्वजनिक अधिकारीलाई धम्की दिएको अभियोग पहिले नै थियो।
शुक्रबार राति न्यू अर्लियन्सको ओर्लेन्स पेरिश कारागार सुबिधा (करेक्शनल फेसिलिटी) बाट १० जना कैदी एकैचोटि भागेका थिए।
चित्रग्राहिणीको श्रब्यदृश्य (सीसीटीभी फुटेज)अनुसार तिनीहरूले शौचालय पछाडि लुकाइएको प्वालबाट काँडेतारको बार चढेर राजमार्ग पार गर्दै बस्तीमा गएर लुगा फेरेर फरार भएका थिए।
हालसम्म पाँच जना अझै फरार छन् । तिनीहरुमा क्रमस लेन्टन जे. भ्यानब्युरेन (२६ बर्ष ), जर्मेन डोनाल्ड (४२ बर्ष ), एन्टोइन म्यासी (३२ बर्ष ), डेरेक ग्रोभ्स (२७ बर्ष ) र लियो ओ. टेट सिनियर (३१ बर्ष ) रहेका छन् । यिनीहरू हत्या, हतियार राख्ने, घरेलु हिंसा, चोरी र लागूपदार्थ सम्बन्धी गम्भीर अभियोगमा थिए।
त्यस्तै, कारागारको मर्मतकर्मी ३३ बर्षिय स्टर्लिङ विलियम्स लाई १० वटा कैदी भाग्न सहयोग गरेको अभियोगमा पक्राउ गरिएको छ। उनले एक कैदीले चक्कु देखाएर डराएपछि सहयोग गर्न बाध्य भएको दाबी गरेका छन्।
प्रतिक्रिया