अमेरिकी सांसद जेराल्ड ‘जेरी’ कोनोलीको ७५ वर्षको उमेरमा निधन, तीन दशक लामो सार्वजनिक जीवनको समाप्ति

इनेप्लिज २०८२ जेठ ८ गते १४:०४ मा प्रकाशित

अमेरिकी कंग्रेसमा  भर्जिनियालाई प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद जेराल्ड ई. (जेरी) कोनोलीको बुधबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारद्वारा जारी विज्ञप्तिमा कोनोलीको बिहान आफ्नै घरमा परिवारको साथमा शान्तिपूर्वक निधन भएको जनाइएको छ।

कोनोलीले गत महिना आफ्नो क्यान्सर पुनः फर्किएको जानकारी दिँदै शक्तिशाली हाउस ओभरसीइट कमिटीका शीर्ष डेमोक्र्याटको रूपमा राजीनामा दिने र २०२६ को चुनावमा नउठ्ने घोषणा गरेका थिए। उनले अप्रिलमा भनेका थिए, “सार्वजनिक सेवाको मेरो सूर्यास्त नजिकिँदै छ। कुनै गुनासो बिना र गर्वित हृदयले म यो अन्तिम अध्यायतर्फ अगाडि बढ्दैछु।”

सन् २००९ देखि कंग्रेस सदस्य रहेका कोनोलीले तीन दशकभन्दा लामो सार्वजनिक सेवा जीवन बिताए। 

अमेरिकी प्रतिनिधिसभाका अल्पसंख्यक नेता हकीम जेफ्रीजले कोनोलीको निधनप्रति श्रद्धाञ्जली दिँदै भने, “कोनोली ट्रम्प प्रशासनको संघीय कर्मचारीमाथिको अभूतपूर्व आक्रमणको समयमा आफ्ना जिल्लाका असाधारण नागरिक सेवकहरूका लागि दृढ वकालत गर्ने नेता थिए।”

उनको निधनसँगै भर्जिनियाको एक अनुभवी र सशक्त आवाज मौन भएको छ।

प्रतिक्रिया