अमेरिकाको आएवामा चराको शिकार गर्ने क्रममा एक शिकारीले अर्को शिकारीलाई अनुहारमा गोली हान्दा मृत्यु भएको छ ।
आएवा राज्यको प्राकृतिक संसाधन विभागद्वारा जारी गरिएको एक समाचार विज्ञप्तिमा अनुसार चरा मार्न गएका एक शिकारीले अर्को शिकारीलाई अनुहारमा गोली हान्दा मृत्यु भएको जनाएको छ ।
सिएनएनका अनुसार गुथ्री शेरिफ विभागले गत शनिबार दिउँसो १ बजेतिर आपतकालीन सूचना प्राप्त गरेको सिएनएनले उल्लेख गरेको छ ।
आएवाको डे मोइनबाट ४० माईल उत्तरपश्चिममा बेयस शाखा वन्यजन्तु क्षेत्रमा एक शिकारीलाई गोली हानिएको विज्ञप्तिमा भनिएको छ।
चेस्टरफिल्ड इलिनोइसका २६ वर्षीय सेथ एगेलहफलाई मृत घोषित गरिए पछि उदग्रबिमान (हेलीकप्टर)बाट लगिएको विज्ञप्तिमा जनाईएको छ।
राज्यको प्राकृतिक संसाधन विभागका अनुसार २०२३ मा अहिलेसम्म दुई जनाको मृत्यु सहित शिकारका सात घटना भएका छन्।
प्रतिक्रिया