शनिबार रियादमा संयुक्त अरब-इस्लामिक असाधारण शिखर सम्मेलनमा नेताहरूले गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीच युद्धविरामको लागि आह्वान दोहोर्याएका छन् ।
इरानी राष्ट्रपति इब्राहिम रायसी शिखर सम्मेलनको लागि साउदीको राजधानीमा आएका छन् भने जुन इरानी नेताको साउदी अरबको लागि ११ वर्षमा पहिलो यात्रा हो ।
दुई देशहरूले गत मार्चमा कूटनीतिक सम्बन्ध पुनर्स्थापित गरेपछि उनि त्यहा पुगेका हुन् । राईसीले त्यहाँ इस्लामी संसारको तर्फबाट “प्यालेस्टिनीहरूलाई बचाउन” भेला भएको बताए ।
यसैबीच साउदी युवराज मोहम्मद बिन सलमानले उद्घाटन टिप्पणीमा “हामी यो क्रूर युद्धलाई स्पष्ट रूपमा अस्वीकार गर्छौं” भने।
प्यालेस्टाइनी नियोगका अध्यक्ष महमुद अब्बासले इजरायलमा सबैभन्दा बढी प्रभाव पार्ने अमेरिकाले राजनीतिक समाधान गर्न नसकेको आरोप लगाए ।
“हामी उनीहरूलाई इजरायली आक्रमण र हाम्रो भूमिमा इजरायली कब्जा रोक्न माग गर्दछौं,” उनले भने।
उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई “प्यालेस्टिनीहरूमाथिको क्रूर इजरायली आक्रमणको तुरुन्त अन्त्य गर्न” आह्वान गरे र उनले गाजामा सहायता आपूर्तिको प्रवेश सुरक्षित गर्नुपर्ने आवश्यकता दोहोर्याए।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शिखर सम्मेलनमा यस क्रूरतामा विश्व चुपचाप रहनुले हामी सबैलाई लाजमर्दो बनाएको बताए ।
गाजा लगभग पूर्ण रूपमा ध्वस्त भएको छ, र पश्चिमी देशहरूले युद्धविरामको लागि आह्वान पनि गरिरहेका छैनन् ,उनले भने ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले गाजामा “युद्ध अपराध र नरसंहार” रोक्न असफल भएकोमा अन्तर्राष्ट्रिय समुदायको आलोचना गरे।
“हामी अचम्ममा छौँ कि अन्तराष्ट्रिय समुदायले कहिले सम्म इजरायललाई अन्तर्राष्ट्रिय कानुनभन्दा माथिको व्यवहार गरिरहने र देशको आदिवासी जनसङ्ख्या विरुद्धको क्रूर, कहिल्यै अन्त्य नहुने युद्धमा सबै अन्तर्राष्ट्रिय कानूनको अवहेलना गर्न कहिलेसम्म माफी दिने हो,” कतारीले भने।
प्रतिक्रिया