रफाह सीमा नाका हुँदै गाजा छोडेका बेलायती चिकित्सकलाई गाजा फिर्ता पठाइएको उनका स्थानीय सांसदले सिएनएनलाई भने।
चिकित्सक अहमद साब्राको नाम गाजा छोड्न अनुमति दिइएका विदेशी नागरिकहरूको स्वीकृत सूचीमा नभएको कारण उनलाई त्यसपछि सीमाको इजिप्टको छेउमा फर्काइको सिएनएनले जनाएको छ ।
बेलायती संसद सदस्य गेरेन्ट डेभिसका अनुसार उनलाई आफ्नी श्रीमती र छोराछोरीबाट अलग गरिएको छ ।
वेल्समा स्वान्सी वेस्टको प्रतिनिधित्व गर्ने डेभिस जहाँ चिकित्सक र उनको परिवार बस्छन् । सिएनएनलाई अङ्कियदृश्य (भिडियो) र श्रवण अभिलेखन (भ्वाइस रेकर्डिङ) उपलब्ध गराए जसमा साब्राले अभिलेखन (रेकर्ड) गरेको र बुधबार गाजा फर्कने क्रममा उनलाई पठाएको बताए।
अङ्कियदृश्यमा बेलायती नागरिक र राष्ट्रिय स्वास्थ्य सेवा सल्लाहकारका अनुसार उनलाई आफ्नो परिवारसँगै सीमाको प्यालेस्टिनी पक्ष छोड्न अनुमति दिइएको थियो । “तीन दिन अघि” रफाह सीमानामा रहेको इजिप्टको स्वागत केन्द्रमा प्रवेश गरेका थिए ।
तर उनलाई इजिप्टमा बस्न अनुमति दिइएन किनभने उनी गाजाबाट पार गर्न स्वीकृत व्यक्तिहरूको सूचीमा थिएनन्। डेभिसले सिनएनलाई दिएको जानकारी अनुसार साब्रालाई उनी सूचीमा नपरेको थाहा नभएको बताए ।
बेलायती विदेश मन्त्रालयका मन्त्री एन्ड्रयु मिचेलका अनुसार १५० भन्दा बढी बेलायती नागरिकले रफाह नाका हुँदै गाजा छोडेर इजिप्ट पुगेका छन्।
प्रतिक्रिया