अमेरिकी एमक्यू -९ नामक मानवरहित यान (ड्रोन )यमनको तटमा खसालिएको छ ।
गत बुधबार यमनको तटमा खसालिएको एक रक्षा अधिकारीले सीबीएस न्यूजलाई पुष्टि गरेका छन ।
अधिकारीका अनुसार ड्रोन( मानवरहित यान) अन्तर्राष्ट्रिय जलक्षेत्रमा अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा गस्ति गरिरहेको थियो।
अमेरिकी केन्द्रीय कमाण्डले घटनाको मूल्याङ्कन गरिरहेको अधिकारीले बताए ।
यमनमा हुथीसका प्रवक्ताले सामाजिक सॅजाल एक्समा हवाई सुरक्षाले अमेरिकी मानवरहित यान खसालेको दावी गरे ।
उक्त मानवरहित यान जासुसी जानकारी सङ्कलन गर्न प्रयोग गरिन्छ तर लक्ष्य विरुद्ध आक्रमण पनि गर्न सक्छ भनि सिविएसन्यूज समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया