गाजाका अधिकांश अस्पतालहरूले अब काम गर्न बन्द गरिसकेका छन् : प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालय

इनेप्लिज २०८० कार्तिक २३ गते १२:३२ मा प्रकाशित

गाजाका अधिकांश अस्पतालहरू ३५ मध्ये १८ वटाले काम गर्न छाडेको रमाल्लाहमा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबै प्राथमिक हेरचाह सुविधाहरूको ७१ % क्षति वा इन्धनको अभावका कारण बन्द भएको बताएको छ । खुला रहेका अस्पतालहरू पनि अब उनीहरूले उपलब्ध गराउन सक्ने क्षमता सीमित हुदै गएको र बिस्तारै आफ्ना कक्षहरू बन्द हुदै गरेका छन् ।

गाजाको सबैभन्दा ठूलो चिकित्सा सुविधा अल-शिफा मेडिकल कम्प्लेक्स(चिकित्सा सुबिधा )ले “इन्धन लगायत आपूर्तिको अपर्याप्तताका कारण छ वटा सञ्चालन कक्षहरू बन्द गरेको छ,” विज्ञप्तिमा भनिएको छ।

एक शिविरमा ५० हजार मानिस र चारवटा शौचालय मात्र रहेको छ । शिविरका बासिन्दाहरूलाई १२ घण्टामा दुई घण्टा पानी खुवाइन्छ भनि एक स्वास्थ्यकर्मीले बताए ।

प्रतिक्रिया