इजरायल रक्षा बल(आइडिएफ)द्वारा युद्ध सुरु भएदेखि १३० वटा हमासका भूमिगत सुरुङ्गहरु ध्वस्त बनाएको दावी गरेको छ ।
इजरायल रक्षा बलले युद्ध सुरु भएदेखि १३० हमासका भूमिगत सुरुङ्ग ध्वस्त पारेको बुधबार दावी गरेको छ । साथै इजरायलले गाजामा आफ्नो भू-कार्यको “विस्तार” जारी राखेको समेत जनाएको छ ।
“गाजामा लडिरहेका लडाकु अभियन्ता (इन्जिनियर)हरूले शत्रुका हतियारहरू नष्ट गरिरहेका छन् र सुरुङ्गहरू पत्ता लगाउँदैछन्, खुलासा गर्दैछन् र विष्फोट गरिरहेका छन्।
गाजा भूभागमा रहेको भूमिगत कारवाहीको विस्तारसँगै सैनिकहरूले हमासको आतंकवादी पूर्वाधारलाई विफल पारिरहेका छन्,” आइडिएफले बुधबार जारी गरेको एक छापा विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया