अमेरिकाको टेक्ससमा संदिग्ध आप्रवासी-तस्करी सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । टेक्ससको सार्वजनिक सुरक्षा विभागका अनुसार प्रहरीहरुले उनीहरुलाई पछ्याउदा दुर्घटना भएको हो ।
टेक्ससको बेट्सभिल राजमार्गमा भएको भयानक दुर्घटनामा सात जनाको दुखद निधन भएको छ । एक चालकले कथित रूपमा आप्रवासीहरूलाई अमेरिकामा तस्करी गरिरहेको प्रहरीले बताए ।
आप्रवासीहरूको तस्करी गरेको आशंका गरिएको गाडी (कार)अर्को गाडीमा ठोक्किएपछि सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
टेक्ससको सार्वजनिक सुरक्षा विभागका अनुसार बुधबार जाभाला काउन्टीको बेट्सभिल नजिकै अमेरिकी राजमार्ग ५७ मा दुर्घटना भएको हो।
टेक्ससको सार्वजनिक सुरक्षा विभागका अनुसार उक्त गाडीले प्रवेश निषेधित सडकमा पार गरे पछि अर्को गाडीसँग ठोक्किए पछि आगो लागेको थियो ।
जर्जियाका चेभी एसयूभी(सवारी साधन )का चालक र यात्रु दुवैको मृत्यु भएको छ । संदिग्ध तस्कर सहित हन्डा गाडीका पाँच यात्रुहरू पनि मारिएका छन् । मृतकमध्ये धेरै होन्डुरसका थिए ।
जाभाला काउन्टी शेरिफको कार्यालयका अनुसार बुधबार दिउँसो पुन: खोल्नु अघि दुर्घटना पछि राजमार्ग धेरै घण्टा बन्द गरिएको थियो । दुर्घटनाको अनुसन्धान जारी रहेको एबिसीन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया