गर्भपतन अधिकारको मुद्धाले डेमोक्र्याट्सहरुलाई भर्जिनिया, ओहायो, केन्टकीमा फाइदै फाइदा ,डेमोक्र्याट्स थुप्रै जनप्रतिनिधिहरु बिजयी

इनेप्लिज २०८० कार्तिक २२ गते १२:२१ मा प्रकाशित

गर्भपतन अधिकारको मुद्धाले डेमोक्र्याट्सहरुलाई भर्जिनिया, ओहायो, केन्टकीमा फाइदै फाइदा पुर्याएको छ । गत मंगलबार नोभेम्बर ७ का दिन भएको बिशेष निर्वाचनमा डेमोक्र्याट्सका थुप्रै जनप्रतिनिधिहरु शानदार बिजयी भएका छन् ।

यसले यो देखाएको छ कि महिलाहरुले बुलन्द रुपमा उठाएको गर्भपतनको मुख्य बिषयले मुख्य स्थान पाएको छ । रिपब्लिकनहरुले उक्त मुद्धालाई किनारा लगाउने प्रयास गरेता पनि जनताले यसलाई झापड हानी दिएका छन् ।

गर्भपतन अधिकारहरू राजनीतिक रूपमा लोकप्रिय भएको कारण डेमोक्र्याट्सहरुले थुप्रै थप स्थानमा बिजयी हासिल गरेका छन् ।

यसैबीच ओहायोका मतदाताहरूले निर्णायक रूपमा भूमिका निर्वाह गर्दै गर्भपतनको संवैधानिक रूपमा अधिकार सुरक्षित गरेका छन् ।

केन्टकीमा डेमोक्र्याटिक गभर्नरले आफ्नो रिपब्लिकन प्रतिद्वन्द्वीलाई पराजित गरे । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र सिनेट अल्पसंख्यक नेता मिच म्याककोनेलसँग घनिष्ठ सम्बन्ध भएका राज्यका महान्यायाधिवक्तालाई गर्भपतन सम्बन्धि झट्का लागेको छ ।

भर्जिनिया राज्यको सिनेटमा डेमोक्र्याट्सले नियन्त्रण कायम राख्दै डेमोक्र्याटहरूका लागि उत्साहजनक नतिजा हासिल गरेका छन् ।

प्रतिक्रिया