अमेरिकी विदेश विभागका अनुसार ४०० भन्दा बढी अमेरिकीहरू गाजाबाट प्रस्थान गरेका छन् ।
अमेरिकी विदेश विभागले ४०० भन्दा बढी अमेरिकी नागरिक, स्थायी आवासिय पत्र( ग्रीनकार्ड)तथा अन्य योग्य व्यक्तिहरूलाई गाजाबाट प्रस्थान गर्न मद्दत गरेको विभागका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले मंगलबार बताए।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले गत हप्ता गाजामा करिब ४०० अमेरिकी नागरिक र उनीहरूका परिवारका सदस्यहरू सहित जम्मा करिब १,००० मानिसहरू अड्किएको बताएका थिए।
हजारौ विदेशीहरू युद्धग्रस्त क्षेत्रमा फसेका थिए।
विदेशी राहदानी धारकहरू र गम्भीर रूपमा घाइते भएका नागरिकहरूको समूहलाई रफाह सीमा नाका हुँदै प्रस्थान गर्न अनुमति दिनको लागि गत हप्ता सफलता प्राप्त भएको थियो । पहिलो समूह गत बुधबार प्रस्थान गरेको थियो भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया