संयुक्त राष्ट्र मानवीय कार्यालयका अनुसार अक्टोबर २१ यता ५०० भन्दा बढी सहायता ट्रक गाजा प्रवेश गरेको छ।
कम्तिमा ५६९ सहायता मालबाहक गाडीहरु अक्टोबर २१ देखि गाजा प्रवेश गरेको संयुक्त राष्ट्र मानवीय कार्यालयले सोमबार आफ्नो नियमित अध्यावधिकमा जनाएको छ ।
लगभग ९३ वटा भारबाहक( ट्रक)हरू मुख्य रूपमा खाद्य वस्तुहरू, औषधिहरू, स्वास्थ्य आपूर्तिहरू, पानी र स्वच्छता उत्पादनहरू सोमबार इजिप्टबाट गाजा पार गरीएको ओसिएचए बिज्ञप्तिमा उल्लेख गरेको छ ।
ओसीएचएले मानिसहरुको प्राण अर्थात् जीवन बचाउने उपकरणहरू चलाउन बिजुली उत्पादक (जेनरेटर)हरू सञ्चालन गर्न इन्धनको प्रवेश “अत्यन्तै आवश्यक” भएको कुरामा जोड दिएको छ तर इजरायली अधिकारीहरूले प्रतिबन्ध लगाएका छन्।
इजरायलले यसको बिजुली र इन्धन आपूर्ति बन्द गरेको छ । तर बैकल्पिक माध्यमहरु संचालनमा रहेका छन् ।
प्रतिक्रिया