गाजाबाट इजरायलमा ८ वटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको छ भने त्यस मध्ये ६ वटालाई रोकिएको इजरायल रक्षा बलले बताएको छ ।
इजरायल-गाजा सीमा नजिकैको एक सिएनएन टोलीले गाजाबाट इजरायलमा आठ वटा प्रक्षेपास्त्र (रकेट )प्रहार गरेको देखेको जनाएको छ । केही समय पछि आइडिएफले आठ मध्ये छवटा रकेटलाई रोकेको बताएको थियो।
इजरायली सरकारी दूरसंचार माध्यम (टेलिभिजन च्यानल)हरूले आइडिएफको डोम रक्षा प्रणालीद्वारा ल्याइएका प्रक्षेपास्त्र (रकेट)हरूको प्रत्यक्ष अङ्कियदृश्य (भिडियो) प्रसारण गरेका थिए।
इजरायली प्रहरीले एक विज्ञप्ति जारी गर्दै “केन्द्रीय क्षेत्र र तेल अवीवमा सम्भावित प्रक्षेपास्त्र स्थलहरु पत्ता लगाउन व्यापक सुक्ष्म परिक्षण (स्क्यान)हरू सञ्चालन गरिरहेको छ।”
विज्ञप्तिमा कुनै हताहत नभएको उल्लेख गरिएको छ। हामी बासिन्दाहरूलाई सुरक्षित क्षेत्रहरूमा बस्न, दृश्यहरू नजिक नजान र खतरनाक सामग्री हुन सक्ने प्रक्षेपास्त्रको भग्नावशेषलाई नछुन आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
इजरायल रक्षा बलले हालसम्म नयाँ विस्फोटको बारेमा कुनै टिप्पणी गरेको छैन भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया