हमासले गाजामा इजरायली बन्धकहरूको अङ्कियदृश्य(भिडियो )सार्वजनिक गरेको छ । साथै इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूलाई बन्दी आदानप्रदानमा सहमत हुन आह्वान गरेका छन ।
इजरायली सेनाको जमिन र हवाई आक्रमणको बढ्दो आक्रोशको सामना गर्दै प्यालेस्टिनी लडाकु समूह हमासले सोमबार एउटा छोटो अङ्कियदृश्य (भिडियो क्लिप) जारी गरेको छ ।
इजरायलले अक्टोबर ७ मा आतङ्ककारी हमलाको समयमा कब्जा गरेको समूहले बताएको छ। गाजा भूभागमा हमासद्वारा कब्जामा लिइएका मध्ये दुईजनाको बीचमा बसेर तीन मध्ये एक महिलाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सीधै भावुक सन्देश दिएकी छिन ।
त्यहाँ अन्य कुनै व्यक्तिहरू देखिँदैन । बोल्ने महिलाले कति स्वेच्छाले आफ्नो टिप्पणी दिएकी हुन् वा बन्धकहरूको दबाबमा त्यस्तो टिप्पणी गरेकी सिविएसले समाचार लेखेको छ।
हमासद्वारा जारी गरिएको अङ्कियदृश्यमा बोल्ने महिला डेनियल अलोनी हुन्, जो किबुट्ज नीर ओजमा परिवारलाई भेट्न गएको बेला उनको छोरीसँग उनि अपहरणमा परेकी थिइन ।
इजरायली केही दूरदर्शनहरुले उक्त अङ्कियदृश्य देखाई रहेका छन् । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) अर्थात् इजरायल रक्षा बलले हमासको बन्धक अङ्कियदृश्य(भिडियो)मा टिप्पणी गरेको छ।
इजरायली सैन्य प्रवक्ता रियर एडम डेनियल हगारीले सोमबार एक पत्रकार सम्मेलनमा ड्यानियलको रोएको र बस्ने येलेना र रिमोनको अनुहार देख्दा ज्यादै भावुक र दुखित भएको बताए ।
हागारीले गाजामा प्यालेस्टिनी लडाकु समूहले बन्धकहरूको संख्या २३८ रहेको बताए।
प्रतिक्रिया