संगीत समारोहमा हमासको अपहरणमा परेकी जर्मन-इजरायली महिला मृत फेला

इनेप्लिज २०८० कार्तिक १३ गते ११:२९ मा प्रकाशित

संगीत समारोहमा हमासको अपहरणमा परेकी जर्मन-इजरायली महिला मृत फेला परेकी छिन ।

अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले अपहरण गरी गाजामा लगेकी जर्मन-इजरायली महिला शानी लुक मृत फेला परेको इजरायली विदेश मन्त्रालयले जनाएको छ।

२३ वर्षीय जर्मन-इजरायली शानी (लुक) को शव फेला परेको र पहिचान गरिएको साझा (शेयर)गर्न पाउँदा हामी दुःखी छौं,” मन्त्रालयले सोमबार सामाजिक संजालमा प्रक्षण गर्दै जानकारी गराएको छ ।

अक्टोबर ७ मा हमासले गाजा र इजरायलको सीमाना तोड्दा लुक दक्षिणी इजरायलको नोभा संगीत महोत्सवमा थिईन । हमासले उत्तर र दक्षिणबाट उत्सवको लागि सडक अवरुद्ध गरे त्यसपछि आतङ्ककारीहरूले भीडलाई तीन तर्फबाट घेरेका थिए ।

उनीहरूलाई गोली हानेर पूर्वतिरका खेतहरूबाट भाग्न बाध्य पारेका थिए । इजरायली उद्धार सेवा जाकाका अनुसार नोभा उत्सव स्थल (फेस्टिभल साइट)मा २६० भन्दा बढी शव फेला परेका थिए तर सीएनएनको विश्लेषणका आधारमा कुल मृत्यु हुनेको संख्या अझ बढी हुन सक्छ भनि समाचारमा उल्लेख गरेको छ ।

लुकलाई उत्सवमा अपहरण गरिएको थियो र हमास आतंककारीहरूले गाजाको वरिपरि यातना दिएका थिए ।

प्रतिक्रिया