नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रमको आयोजना हुदै

नातिबाबु भट्ट २०८० कार्तिक १२ गते ९:५७ मा प्रकाशित

अक्टोबर २८, २०२३
कोलोराडो, अमेरीका

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ ।
कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो ।

यसरी देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको स्थानहरुमा नोभेम्वर १० तारीक शुक्रबार सांझ ४.३० बजे देखी ८.३० बजेसम्म नेपाली सांस्कृतिक केन्द्र भवनमा देउसी भैलो खेलीने कार्यक्रम रहेको छ । त्यसैगरी सोही दिन कोलोराडोको दक्षिणी क्षेत्र अरोरामा सांझ ६ बजेदेखी ९.३० बजेसम्म (21750 E Dorado Ave. Aurora 80015) देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

नेपाली सास्कृतीक केन्द्र भवनको देउसी भैलोलाई भब्यताका साथ संम्पन्न बनाउन बासु खनालको संयोजनमा मुल समिती र अरोराको देउसी भैलोलाइ भब्यताका साथ सम्पन्न बनाउन नवराज न्यौपानेको संयोजनमा मुल तथा बिभिन्न बिषयगत उप समितीहरु समेत गठन गरिएको छ।

बिशेष गरि नया पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषँ र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको हो । यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका निवर्तमान अध्यक्ष लछुमन रानाले बताएका छन् । उनले नेपाली समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागी भवन खरिद गरि सकिएको र सो भवनको मर्मत संभार तथा मर्गेज तिर्न सहयोगको लागी देउसी भैलो खेल्न लागिएकोले कार्यक्रममा सहभागी भई यथासक्य दान गरि सहयोग गरिदिनु हुन उनले सबैलाई अनुरोध गरेका छन् ।

देउसी भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, समाजसेवी, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकहरुले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरहन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने वाताबरण बनाई दिनु हुन आग्रह गरेका छन् । छुट्टै जातीय पहिरहन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएका छ ।

कोलोराडोमा नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाको सहभागीतामा हरेक बर्ष देउसी भैलो कार्यक्रमको आयोजना हुदै आएको छ ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया