अमेरिकाका विभिन्न राज्य र शहरहरुमा नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शन भै रहेको छ ।
दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ नेपालमा राम्रो प्रदर्शन भै रहेको छ भने अमेरिकाका कम्तिमा पनि २३ वटा राज्यमा १६० वटा भन्दा ज्यादा प्रदर्शन भै रहेको यसका वितरक प्याट्रिक सुबेदीले ईनेप्लिजलाई बताए ।
‘पशुपति प्रसाद’ को दोस्रो शृंखलाका रूपमा निर्माण भएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपीन कार्कीले निर्वाह गरेका छन्।
चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायत कलाकारको अभिनय रहेको छ ।
कुनै पनि शहरमा प्रदर्शन गर्न १ २१४ ४३६ ०८५४ मा सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया