इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले रातारात १५० भूमिगत लक्ष्यमा आक्रमण गरेको र हमासको हवाई कारबाहीका प्रमुखलाई मारेको बताएको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) अर्थात् इजरायल रक्षा बलले गाजा भूभागको उत्तरमा धेरै भारी हवाई हमलाको अवधिमा आतंकवादी सुरुङहरू र भूमिगत लडाई स्थानहरूमा आक्रमण गरेको बताएको छ।
मारिएका धेरै हमास कार्यकर्ताहरू मध्ये हमासको हवाई संचालन गर्ने जिम्मेवार व्यक्ति असम अबु रकाबा नाम रहेको आईडीएफले जनाएको छ ।
अबु रबाका हमासका मानवरहित यान (ड्रोंन )तथा प्याराग्लाइडरका साथै हवाई पत्ता लगाउने र हवाई प्रतिरक्षा प्रणालीका लागि जिम्मेवार व्यक्ति भएको आईडीएफले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
उनले गाजा सीमा नजिकै इजरायली समुदायहरूमा अक्टोबर ७ को आक्रमणको योजना बनाउन भाग लिएका थिए । उनैले पाराग्लाइडरहरूमा इजरायलमा घुसपैठ गर्ने आतंककारीहरूलाई निर्देशन दिएको आईडीएफले बताएको छ ।
प्रतिक्रिया