इजरायलले संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ ।
संयुक्त राष्ट्र संघको महासभाले शुक्रबार स्वीकृत गरेको युद्धविरामको आह्वानलाई इजरायलले गाजामा उक्त आह्वानलाई अस्वीकार गरेको छ । विदेशमन्त्रीले सामाजिक संजाल( सोसल मिडिया)मा प्रकाशित गर्दै यसलाई “घृणित” भनेका छन्।
“हामी युद्धविरामको लागि संयुक्त राष्ट्र महासभाको घृणित आह्वानलाई पूर्ण रूपमा अस्वीकार गर्दछौं,” इजरायली विदेशमन्त्री एली कोहेनले सामाजिक संजाल एक्समा लेखे ।”इजरायलले नाजी र आईएसआईएससँग विश्वले व्यवहार गरे जस्तै हमासलाई हटाउन चाहन्छ।”
संयुक्त राष्ट्र संघको महासभाले इजरायल र हमासबीचको युद्धमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्ने प्रस्ताव पारित गर्न शुक्रबार मतदान गरेको थियो।
प्रस्तावको पक्षमा जम्मा १२० देशले मतदान गरेका थिए भने अमेरिका र इजरायलसहित १४ देशले विपक्षमा मतदान गरेका थिए ।
अन्य ४५ देश मतदानबाट बाहिरिएका थिए ।
प्रतिक्रिया