गाजा हमलामा अल जजीरा पत्रकारको परिवार मारिएको स्थानीय पत्रिकाले जनाएको छ ।
अल जजीराले गाजाका बिभाग (ब्यूरो )प्रमुख, वेल अल-दहदोहले इजरायली हवाई आक्रमणमा आफ्नी श्रीमती, छोरा र छोरी गुमाएको बताए। अल जजीराका अनुसार मध्य गाजा भूभागको नुसेरात शरणार्थी शिविरमा रहेको एउटा घरमा विष्फोट भएको थियो जहाँ परिवार विस्थापित भएपछि आश्रय लिइरहेका थिए ।
“हाम्रा सहकर्मी वेल अल-दहदोहको परिवारका सदस्यहरू, उनकी श्रीमती, छोरा र छोरीहरू इजरायली बमबारीमा शहीद भए,” अल जजीराले एक सन्देश मार्फत बुधबार जानकारी गराएको छ ।
सिएनएनले घरमा भएको विस्फोटको स्रोतको स्वतन्त्र रूपमा पुष्टि गर्न सक्दैन भनि समाचार लेखेको छ । अल जजीराले इजरायली आक्रमणसँग प्रत्यक्ष रूपमा जोडिएको प्रमाण प्रदान गरेको छैन भनि सिएनएनले जनाएको छैन ।
इजरायल रक्षा बल (डिफेन्स फोर्स)ले टिप्पणीको लागि सिएनएनको अनुरोधहरूलाई अझै प्रतिक्रिया दिएको छैन । अल जजीराका कार्यक्रम प्रस्तोता अब्दिसलाम फराहले रेडियो कार्यक्रम मार्फत हावामा मृत्युको घोषणा गरेका थिए ।
अल-दहदोह परिवारलाई ताल अल हवाबाट नुसेरात शरणार्थी शिविरमा विस्थापित गरिएको थियो जुन उनीहरूका लागि सुरक्षित ठाउँ हो भन्ने सोचेका थिए भनि सिएनएनलाई लेखेको छ ।
प्रतिक्रिया