अल-अहली ब्याप्टिस्ट अस्पतालमा भएको विस्फोट गाजा भित्रबाट प्रहार गरिएको हुनसक्ने बेलायतको विश्वास छ : बेलायती प्रधानमन्त्री ऋषि सुनक

इनेप्लिज २०८० कार्तिक ६ गते १६:५८ मा प्रकाशित

बेलायतले अल-अहली ब्याप्टिस्ट अस्पताल विस्फोट गाजा भित्रबाट प्रहार गरिएको क्षेप्यास्त्र (मिसाइल)ले “सम्भवतः” भएको विश्वास गरेको छ।

बेलायती सरकारले गाजा शहरको अल-अहली ब्याप्टिस्ट अस्पतालमा गत हप्ता भएको घातक विस्फोट “गाजा भित्रबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्र वा एउटा भाग” को कारणले भएको हुनसक्ने विश्वास गरेको प्रधानमन्त्री ऋषि सुनकले सोमबार घोषणा गरे।

यो “हाम्रा गुप्तचर विशेषज्ञहरूको गहिरो ज्ञान र विश्लेषणमा आधारित छ,” उनले सोमबार हाउस अफ कमन्स( तल्लो सदन)मा बेलायती सांसदहरूलाई भने।

सुनकले थप विवरणहरू प्रदान नगरेको सिएनएनले उल्लेख गरेको छ ।

इजरायलले इस्लामिक जिहाद लडाकु समूहद्वारा गलत प्रहार “मिस फायर” गरेको प्रक्षेप्यास्त्र (रकेट)ले अस्पतालमा विष्फोट गराएको बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि गत बुधबार अमेरिकी गुप्तचरहरूले इजरायलले आक्रमण नगरेको र कसैले आक्रमण गरेको दाबी गरेका थिए।

प्रतिक्रिया