कोलोराडोमा दशैं–तिहार शुभकामना सांझ कार्यक्रम आयोजना हुदै

नातिबाबु भट्ट कोलोराडो, अमेरीका २०८० कार्तिक ६ गते १०:५९ मा प्रकाशित

कोलोराडो, अमेरीका
अक्टोबर २२, २०२३

नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाको सहभागीतामा आगामी नोभेम्बर ४ तरिक शनिबार लीगेसी हाई स्कूल (2701 W 136th. Ave. Broomfield Co.)मा सांझ ५ बजेदेखि राती १० बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुन लागेको संस्थाका निवर्तमान अध्यक्ष टिका पौडेलले बताएका छन् ।

लोकप्रीय गायक राजेशपायल राई लगायतका स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा यहा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकी, नेपाली तथा नेपालीभाषी बा आमा, दाजुभाई दिदी बहिनीहरु सवैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको भाषा, संस्कृती संरक्षण र पहिचाहनमा सहयोग पुर्याई दिनुहुन रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले अनुरोध गरेका छन् ।

सबै नेपालीहरु एकै ठाउंमा भेला भई एक आपसमा भलाकुसारी गर्दै नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गर्न पाउने महत्वपुर्ण अवशर भएकोले आफ्ना साथी भाइ, ईष्ट मित्र , छर छिमेक, सबैलाई खवर गरी सहयोग गरिदिन हुन समेत अध्यक्ष बगालेले सबैलाई अनुरोध गरेका छन् । संस्थाको आयोजनामा कोलोराडोमा हरेक बर्ष दशै तिहार कार्यक्रमको हुदै आएको छ।

प्रतिक्रिया